दाङ,१८ जेठ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरिएको छ ।
शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले खनाललाई नियुक्ती गर्ने निर्णय गरेको प्रेस संयोजक भरत नेपालीले बताए । खनाल यस अघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका थिए ।
कपिलबस्तुको बाणगंगा नगरपालिका ८ निवासी खनाल गएको बर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे । उनमा यस अघि चक्रपानी खनाल संघको कृषि मन्त्री हुँदा स्वकीय सचिब भएर काम गरेको अनुभव छ, भने सहकारी, शिक्षा, गैर सरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।
उनले लुम्बिनीको समानुपातिक विकास तथा आर्थिक समृद्धिमा जोड दिने बताए ।
लाइभदाङ । १८ जेष्ठ २०८१, शुक्रबार २०:२६ बजे