धेरैका निम्ति यो चुनाब होला, मेरा निम्ति चिनाउ हो : टीका घर्ती

तुलसीपुर
२ मंसिर /नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ प्रदेशसभा ‘ख’को सभापति पदका उम्मेदवार टीकाराम घर्तीले यो आफ्नोलागि चुनाब नभएर चिनाउ भएको बताएका छन् ।

नेपाली काँग्रेस तुलसीपुरले आयोजना गरेको चियापान समारोहमा उनले यस्तो बताएका हुन् ।‘चुनाब र चिनाउ फरक कुरा हो ।


मेरा लागि यो चुनाब होईन्, चिनाउ हो , किन चिनाउ हो भने मैले लोकतन्त्रकालागि, नेपाली काँग्रेसका लागि धेरै आन्दोलनका मोर्चाहरु सम्हाल्दै यहाँसम्म आइपुगेको छु ’, उनले भने‘ सायद राजका विरुद्ध लड्दै गर्दा , माओवादीका विरुद्ध लड्दै गर्दा, वाईसिएलसंग लड्दै गर्दा म मरेको भए कुनै स्मृति दिवस बन्थ्यो होला, त्यसैले आफ्ट्यारोमा ज्यानको बाजी लगाएर सहयोग गरेको छु, पार्टीकालागि खुकुरीको धारमा टेकेर काम गरेको छु, कतिले चिन्नु हुन्छ, कतिले माया गर्नुहुन्छ, गुण सम्झिनु भएको छ, भन्ने कुरा यो मेरालागि चिनाउ हुनेछ ।’

उनले आफ्नो योग्दान मतदाताहरुले बिभिन्न आन्दोलनको मोर्चा सम्हाल्दै गर्दा देखेको भन्दै स्वतस्फुर्त रुपमा मतदान गर्न पनि अनुरोध गरेका छन् । उनले कसैको दवाव र प्रभाब भन्दा पनि स्वतस्फूत रुपमा मतदान गर्न पाउनुपर्ने समेत बताए ।