रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा, २८ चैत ।
रोल्पामा बुधबार राति चट्याङ लागेर एकनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिनुभयो । चट्याङले केही भवनहरुमा क्षति पुगेको छ ।

डीआईजी कार्कीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको कार्कीले बताउनुभयो ।


प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको डीआईजी कार्कीले बताउनुभयो ।