दंगीशरण– ३ मा १५ दिने ढकिया बुनाइ तालिम शुरु

दंगीशरण, १६ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं.३ को आयोजनामा महिलाहरुका लागी १५ दिने ढकिया बुनाइ तालिम आजदेखि दंगीशरण गाउँपालिका वडा नं. ३ मा शुरुभएको छ। वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता गाउँपालिका अध्यक्ष शम्भु गिरी र जिल्ला समन्वय सदस्य टोपाराम चौधरीको बिशिस्ट आथित्यतामा तालिमको उद्घाटन गरीएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले यहाँको कला कौशललाई देश विदेशसम्म पु¥याउन पनि यहाँका महिलाले सिकेको सिपलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । पुरानो कला संस्कृती र परम्परालाई जोगाइराख्न पनि यस्ता सिपको विकासमा आफुहरु लागी परेको अध्यक्ष गिरीको भनाइ छ ।


उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सिप सिकेर सिपलाई व्यबहारमा उतार्दै सफल उद्यमी बन्न आग्रह गर्नुभयो । कच्चापदार्थ पनि सस्तो पाइने र सिप पनि आफै सङ्ग हुँदा हुदैपनि उद्यमी बन्न नसक्दा दुःख लाग्ने गरेको उपाध्यक्ष खड्काको भनाइथियो ।

यस्तै बिशिस्ट अथिती जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले बजारको माग अनुसार सिपमा परीवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।