तुलसीपुर ५ को ज्योतिनगर टोलमा माओवादी केन्द्रको कमिटि

तुलसीपुर,१० असोज । माओवादी केन्द्र तुलसीपुर ५ ले ज्योतिनगर टोलमा कमिटि बनाएको छ ।

हिरा भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन गरेको हो । बुधबार एक कार्यक्रम गरि कमिटि गठन गरिएको हो ।


पार्टीका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष तथा अभियान संयोजक कुवेर वली, नगर इञ्चार्ज प्रेमराज वली, पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीलगायतको सहभागितामा कमिटि गठन गरिएको हो ।