सुन्दरखाल खानेपानीको निर्वाचनमा विवाद, चुनाबदेखि भागेको आरोप

तुलसीपुर, १६ जेठ । दाङको बबई गाउँपालिका वडा नं.४ स्थित सुन्दरखाल पुरन्धारा स्किम नम्बर १ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनको मतगणना कार्य अनिश्चित बनेको छ । मंगलबार दिउसो २ गते मतदान कार्य सकिएको थियो ।

४ बजेसम्म मतदानकालागि समय तोकिएको भएपनि सबै मतदाताले मतदान गरपछि सबै प्रक्रिया पु¥याएर मतपेटिकालाई बन्द गरि राखिएको थियो । त्यसपछि राजनीतिक दलहरुले मतगणनाकालागि सहमति गर्ने क्रममा एमाले र काँग्रेसको अर्को समूहको गठबन्धनले नमानेपछि मतगणना कार्य स्थगित भएको थियो ।

जहाँ माओवादी केन्द्र र काँग्रेसको एक समूह निर्वाचनमा थियो, भने अर्को तिर एमाले र काँग्रेसको अर्को समूह थियो । ति मध्ये एमाले र काँग्रेसको अर्को समूहले निर्वाचन बहिस्कार गरेपछि स्थगित भएको मतगणना कार्य बुधबार साँझसम्म पनि सुरु हुन सकेको छैन ।

मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदान भएको भन्दै उनीहरुले ति मतपत्र गणना गर्न नहुँने भनेका छन् । विहान केही मतदान भएपछि विवाद भएको थियो । विवाद पछि करिब आधार घण्टा मतदान कार्य रोकिएको थियो । मतदान रोकिएपछि पुनः सूचारु हुने क्रममा एक मतमा हस्ताक्षर नगरेको भेटिएपछि त्यही कुरालाई ‘इश्यू’ बनाएको स्थानीय मतदाता मार्सल जीसीले बताए ।“एउटा मत त्यस्तो भेटिएको थियो”,उनले भने“त्यसैलाई इश्यु बनाएर उहाँहरु मतगणना कार्यलाई बहिस्कार गर्नुभयो ।”

मतपेटिका निर्वाचन भएको स्थान बबई ४ स्थित सिद्ध गणेश प्रावि सुन्दरखालमा राखिकएको छ । मतगणना कार्य रोकिएपछि त्यो विद्यालयको पठन–पाठनमा असर गरेको छ । बुधबार विद्यालय खुलेको थियो । विद्यार्थी पनि आएका थिए । तर, त्यहाँ पठन–पाठन भएन । दिनभर नपढेर विद्यार्थी घर फर्किए । विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर वलीका अनुसार शिक्षकहरुको अफिसमा मतपेटिका राखिएकाले पनि पठन–पाठन कार्य अवरुद्ध भएको हो ।“अफिस प्रयोग नगर्नुपर्ने हो”,उहाँले भन्नुभयो“अफिस प्रयोग गर्दा पनि पठन–पाठनलाई असर गरेको हो ।”


विद्यालयमा खोप कार्यक्रम पनि थियो । त्यो पनि प्रभाबित भएको छ । निर्वाचन समितिका संयोजक गुमानसिंह जीसीका अनुसार शान्तिपूर्ण तरिकाले निर्वाचन भएको र प्रक्रिया पु¥याएर मतपेटिकालाई सिल गरेको भएपनि गणना गर्ने क्रममा एमालेका उम्मेदवारका एजेण्टले मतगणना बहिस्कार गरेको उनको भनाई छ ।

मतदान अधिकृत गंगाराम वलीका अनुसार जम्मा मतदातामध्ये १८ जना मतदाता देश भन्दा बाहिर रहेको भन्दै ति मतदातालाई पनि मतदान गर्न लगाउनु पर्ने गलत माग राखेर मतगणना कार्य बहिस्कार गरेको बताए । मतपत्रको पहिलो ठेली सकेर दोस्रो ठेलीमा सही गर्न लागेको अबस्थामा केही मतपत्रमा हस्ताक्षर नगरेको भेटिएको भन्दै त्यसैलाई विरोधको ‘इश्यु’ बनाएको उनको भनाई छ ।

पहिलो चरणमा भएको विवाद समाधान भएपछि दोस्रो चरणमा पुनः मतदान भएको र त्यो मतदानका क्रममा खाली मत भएको भन्ने कुरालाई लिएर मतदान कार्य बहिस्कार गरेको मतदानमा खटिएका कर्मचारी अमर डाँगी र टोपेन्द्र थापाले बताए । सोही खानेपानीमा १८६ जनाले मतदान गरेका थिए ।

यस विषयमा बुझ्न खोज्दा आरोपित कुनै पनि ब्यक्ति सम्पर्कमा आएनन् ।