ओझेलमा तुलसीपुरको‘झाँक्रीगेल’ झरना

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ सुन्दरखोलामा एउटा झरना छ । जुन प्रचार–प्रसारको अभाबका कारण ओझेलमा परेको छ । लामो समय त्यो झरना पत्ता लागेपनि आझेलमा परेको छ । तीन वटा खोलाहरु मिसिएर बनेको त्यो झरनामा अहिलेसम्म पर्यटक आएका छैनन् । तर, हेर्नलाई भने मनमोहक देखिन्छ ।

विजौरीदेखि करिब ८ किलोमिटर उत्तर रहेको उक्त झरनालाई प्रचारप्रसार गरेमा पर्यटक भित्र्याउन सकिने स्थानीय प्रविर पुनले बताउनुभयो ।“यो निकै मनमोहक झरना छ”,उहाँले भन्नुभयो“तर, हामीले प्रचार–प्रसार गर्न सकेका छैनौं, त्यसैले ओझेलमा परेको छ, यदि हामीले प्रचार–प्रसार गर्न सक्यौं,भने पर्यटकको संख्या बढ्छ ।”

त्यहाँ ३० मिटर लामो झरना छ, भने झरना भित्र एउटा गुफा पनि छ । त्यसले पनि पर्यटकलाई आकर्षण थप्ने स्थानीय पलबहादुर खड्काले बताउनुभयो ।“त्यहाँ झरना मात्रै नभई, एउटा गुफा पनि छ, यसले पनि यहाँको आकर्षण थप्न सक्छ ”,उहाँले भन्नुभयो“ यसकालागि त्यहाँसम्म पुग्ने सडकको सहज पहुँच पुग्नु पर्छ ।” त्यहाँ सडक भन्दा करिब १५ मिनेट हिड्नु पर्छ । त्यो स्थानमा सीडी निर्माण गर्न सकेमा पर्यटकहरुलाई थप आकर्षण गर्न सकिने उहाँको भनाई छ ।


झरनामा त्यहाँ खानीखोला, राजा पधेरो र तिनु खोलाको पानी मिसिएर आएको छ । त्यो झरनालाई ‘झाँक्रीगेल’ नाम दिइएको छ । झरना भन्दा माथि दुईवटा तलाउ छन् । ति मध्ये एउटालाई ‘ताउले र’ र अर्कोलाई‘घैटे र’ भनिएको छ । एउटा ताउलो जस्तो भएकाले ताउले भनिएको र अर्को घैटो जस्तो भएकाले घैटे भनिएको स्थानीयको भनाई छ ।

त्यहाँको झरनालाई प्रचारमा ल्याउन स्थानीय सरकारले पनि चासो देखाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष रामबहादुर योगीले झरनाको प्रचारप्रसारकालागि भिडियो डकुमेन्ट्रि बनाउने समेत बताउनुभयो । साथै त्यहाँको अबस्थालाई हेरेर कसरी विकास गर्न सकिन्छ, भनेर अध्ययन पछि सोही अनुसार काम अघि बढाउने उहाँको भनाई छ । साभारः अग्रिम साप्ताहिक

May be an image of 10 people, people standing and text