गुरूकुल तुलसीपुर रोयल्स विजयी

दाङ, १५ फागुन ।
दाङ क्रिकेट संघको आयोजना संचालन भई रहेको दाङ क्रिकेट लिग-२को आज भएको खेलमा दंगाली लायन्सलाई २७ रनले पराजित गर्दे गुरूकुल तुलसीपुर रोयल्स विजय भएको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय दंगालीका लागी फलदायिक भएन ।


पहिले व्याटिङ गर्ने अवसर पाएको रोयल्सले आफ्नो ६ विकेटको क्ष्यतिमा १२५ रनको योगफल तयार पारेको थियो। रोयल्सका प्रारम्भिक व्याट्समेन विपिन रावल र विराट भण्डारीले ९३ रनको साझेदारी गर्दे दंगालीलाई दवाव दिएको थिय जस्मा रावलले ४२ रन तथा विराटले ३८ रनको पारि खेलेका थिय ।वलिङ तर्फ दंगालीका विपिन रावल र वसिर अहमदल १/१ विकेट लिएका थिय।
१२६ रनको विजय लक्ष्य पाएको दंगाली लायन्सले २० ओवरमा सवै विकेट गुमाउदै ९८रनमा सिमित हुन पुग्यो जस्मा सन्तोष कार्कि ले ३१ रनको पारि खेलेका थिए भने अन्य व्याट्समेन रोयल्सको वलिङ अगाडी निरिय रहे ।दंगालीलाई ९८ रनमा समेट्न रोयल्सका अमर सिह राउटेला र ईस्माईल अन्सारीले ३/३ विकेट लिय भने क्यापटेन दिवन पुनले २ महत्वपुर्ण विकेट लिएका थिए ।खेलमा उत्कृष्ट पारी खेलेका रोयल्सका अमरसिह राउटेला म्यान अफ दि म्याच घोषित गरिएको थियो।
त्यस्तै आज भएको अर्को खेलमा पुरन्धार च्यालेञ्जरलाई २ विकेटले हराउदै घोराहि टाईगर्स विजय भएको थियो ।
भोलि विहानको पहिलो खेल गुरूकुल तुलसीपुर रोयल्स र
पुरन्धार च्यालेञ्ज विच हुनेछ भने दोस्रो खेल घोराही टाईगर्स र देउखुरी वारियर्स विच हुनेछ ।