दङ्गीशरण ६ का अध्यक्ष शाहद्वारा शुभकामना दिदै भनेः वडाबासीको सहकार्य आवश्यक छ

दाङ, ०१ कार्तिक ।
दाङको दङ्गीशरण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाहले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण वडावासी नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले चाडपर्वहरूले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने उल्लेख गर्दै आपसी प्रेम, सद्भाव, सहिष्णुता, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।



साथै, मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै समाजमा आपसी भाइचारा, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न सबैलाई प्रेरितको कामना समेत गरेका     छन् ।

वडा अध्यक्ष शाहले वडा तथा समग्र समाजको विकास, समृद्धि र सुशासनका लागि सबै वडावासीको एकता, सहकार्य र सक्रिय सहभागिताको अपेक्षा गर्दै समृद्ध, सभ्य र सुखी समाज निर्माणका लागि हातेमालो गर्न हार्दिक आह्वान गरे ।