‘समृद्ध समाजले सबैको अगाडी बोल्न सिकायो’

दिप्तिशिखा चौधरी
दंगीशरण, १७ भदौ । समृद्ध समाज साझा आवाज मुल समिति गठन भए देखि आर्थिक, सामाजिक र मानसिक रुपले आफु बलियो भएको एक कार्यक्रममा बोल्ने महिलाहरुले बताएका छन् ।

बोल्ने बानिको विकास , ब्यसायमुलक बनेर आर्थिक रुपले बलियो, समाजमा सामाजिक कार्य गरेर आफु अनि समृद्ध समाज निर्माण गर्ने कार्यमा सक्रिय भएको उनिहरुले बताए । समृद्ध समाज साझा आवाज मुल समिति दङ्गिशरण ४ को प्रथम वार्षिक साधारण सभा तथा तिज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सप्तंगि समुहकि अध्यक्ष सुसिला चौधरि हिजोका दिनमा आफ्नो परिचय पनि दिन नसक्ने बताउदै आज अगाडि आएर मन्तब्य दिदा बोल्ने सीप सिकेको बताइन ।

यस्तै बुक्किफुला समुहकि सीता चौधरि समूह मार्फत आएआर्जनमुखि काम गरेर बचत गर्ने र समस्या परेको समयमा लिन सक्ने भएकाले आफु सक्षम महिला भएको अनुभव सुनाइन । कार्यक्रममा उजेलि समुहका सीता चन्द, बिना चौधरि लगाएतका महिलाहरुको अनुभव पनि उस्तै थियो ।उनिहरुले सामुहिक तरकारि खेति, समाजमा आइपर्ने समस्याहरु पनि सामुहिक रुपमा गर्ने र कार्यक्रमहरु पनि सामुहिक रुपमा गर्ने गरेकाले आत्मनिर्भर हुन सिक्दै गरेको अनुभव सुनाए ।

कार्यक्रममा शुसिला चौधरिले ६ वटा समुहको कुल कोष रकम ५ लाख ९४ हजार, १ सय ७५ रुपैयाँ , लगानी गरेको रकम ५ लाख, ८६ हजार,र १ सय रुपैयाँ र कोषमा बचेको रकम ८ हजार ७६ रुपैयाँ को वार्षक तथा आर्थिक प्रगति प्रश्तुत गरेकि थिइन । कार्यक्रममा प्रमुख अतिथि सहकर्मी समाज नेपालका कार्यक्रम अधिकृत अमर बहादुर एैरले मिलेर साझेदारिमा गर्ने कार्य महत्वपूर्ण हुने बताए ।


महिलाहरुमा हामी सक्छौ र म सक्छु भन्ने अभ्यास भएको प्रती खुसि ब्यक्त गर्दै सामुहिक प्रयास,कार्य योजना एक अर्कालाई हौसला, प्रेरणा दिने कार्य उपलब्धिमुलक रहेको बताए । सो अवसरमा सहकर्मी समाज नेपालका टिम लिडर पुनाराम पन्थि, सस्थाका अध्यक्ष दिल कुमारि वि।क, दङ्गिशरण गाउँपालिका कृषि शाखा प्रमुख सरु भुषाल लगाएतले बोलेका थिए । कार्यक्रममा सम्पुर्ण समुहका पदाधिकारीहरुलाइ परिचय पत्र वितरण गरिएको थियो । समृद्ध समाज साझा आवाज मुल समिति दङ्गिशरण ४ बैबाङ्गको आयोजना एंव सहकर्मी समाज नेपालको प्राविधिक सहयोग तथा द डेभलपमेन्ट फन्ड फाइटिङ्ग हङ्गर एन्ड पभर्टिको सहयोगमा कार्यक्रम भएको हो ।

विमला चौधरिको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा सुसिला चौधरी र सुन्तलि चौधरिले स्वागत गित प्रश्तुत गरेका थिय । कार्यक्रमको सहजिकरण सरस्वति चौधरिले गरेकि थिइन ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'