आजाद खड्का
दुःखका साथ भन्नुपर्छ माओवादीले क्रान्तिकारी विचार छोड्या । आफू बिचारबाट बिचलित भयो । यसको दोष जति जनतालाई दिई रहेको छ । नेपालमा प्रतिनिधीसभा/प्रदेशसभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भयो । उसले प्रत्यक्ष तर्फ जम्मा १७ सिट मात्र जित्यो । २०६४ को निर्वाचनमा १२० सिट जितेको माओवादीले पहिलो संविधानसभा विघटन पछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ जम्मा २६ सिट मात्र जित्यो ।
मत परिणाम पछि माओवादी केन्द्रसंग सम्वन्धित धेरैजसो कमरेडहरूको पोष्टमा एउटै तर्क छ– ‘जति बोल्यो त्यति भोट घट्छ भने किन बोल्ने ?’ यो जस्तो राजनीतिमा निमछरो बुझाई अरू हुनै सक्दैन । दुःखका साथ फेरि पनि भन्छ–‘उनीहरूले आफुहरू भ्रष्टिकरण भएको र क्रान्ति प्रति गरेको गद्दारीको दोष जनतामाथि थोपरेर आफू पानी माथिको ओवानो बन्नु खोज्नु भयो । यसले त राजनीतिलाई अझ भ्रष्टिकरण गर्छ । बरू हाम्रा कमजोरी काहाँ भए भनेर खोज गर्ने ढोका बन्द गर्छ । राजनीतिलाई व्यापार ठान्ने । कमाउन अमेरिका होईन, राजनीतिक पार्टी खोज्नु पर्छ भन्ने संस्कृतिलाई बढुवा दिन्छ । अकुत सम्पति कुम्ल्याउ, जनमतलाई प्रयोग गर, उनीहरूलाई लुट भन्ने संस्कारको जगेर्ना मात्र गर्छ ।
पार्टी नेतृत्व सच्याउने एकमात्र उपाय निस्वार्थ आलोचना
कमरेडहरू हामीले जनता र सर्वहारावर्गलाई दोष थोपरेर आफ्ना कमजोरीहरूमा ढाकछोप गर्ने होईन बरू कमजोरी के छन् ? सबै खोतलेर तत्काल सच्याउदा देशको प्रमुख शक्ति र सर्वहारा वर्गको भरोषा योग्य प्रतिनिधि बन्न सक्छौं । कमरेडहरू हामीमा थोरै पनि क्रान्ति प्रतिको इमान्दारिता बचेको अझै छ, भने हामीले सबै भन्दा पहिले आफुलाई सच्याउनै पर्छ । हामीले हाम्रो नेतृत्व रक्षा गर्नै पर्छ ।
नेतृत्व रक्षाको एउटा अनिवार्य सर्त निस्वार्थ नेतृत्वको कमजोरीको आलोचना गर्नु हो । सहिको सकर्थन र कमजोरीको निर्मम आलोचना नगरी बिग्रिएको नेतृत्वको चाकरी–चाप्लुसी र दलाली गरियो भने नेतृत्व सकिन्छ । नेतृत्व सामुहिकबाट एकलमा बदलिएर नोकरशाही बन्छ र सिंगो कार्यकर्ता पंक्तिलाई दलालमा रूपान्तरण हुन्छ । यो बिस्तारै निम्न पुँजीवादी चिन्तनको सिकार बन्छ र वर्गउत्थानको बाटो रोज्छ । वर्गउत्थानको बाटो भनेको प्रतिक्रान्तिको बाटो हो । अहिलेको माओवादीको मुख्य समस्या भनेकै वर्गउत्थानवादको बाटो हो । यसलाई नसच्याईकन अबको सर्वहारावादी आन्दोलनको नेतृत्व संभव छैन ।
‘हामीले उत्पिडित वर्ग, जाति, लिंगको आवाज उठाउने तर, प्रति चुनावमा हाम्रो भोट किन घट्ने ? यस्तै हो भने अब न्यायका पक्षमा बोलिन्न । पहिलोः– कुरा उत्पिडितको पक्षमा तपाईले आवाज उठाउने ठेक्का पाउनु भएको होईन । मानिलिउ यति काम गरे बापत यति मत आउनु पर्ने तर, आयन । भोट नदिनेको पक्षमा किन बोल्ने? यस्तो बुझाई सर्वहारावादी–समाजवादी लाईनमा आधारित छैन । यो पुँजीवादी–व्यक्तिवादी घटिया लाईन हो । यस्तो फाईदाको घटिया राजनीति गर्नु हुदैन ।
यसले उद्योगतिर धकेल्छ र यसले अर्को चुनावमा प्रत्यक्ष १ सिट र समानुपातिकमा ३५ मत ल्याएर थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी वनमउन कसरतमा जुट्नु पर्ने स्तरमा पु¥याउछ । कमरेडहरू राजनीति गर्ने हो भने आफ्ना कमजोरी पत्ता लगाएर सच्याउन लाग्नुस् । राजनीति गर्नुको अर्थ माक्र्सवादी मान्यता अनुसार उत्कृष्ट समाज निर्माण गर्नु हो । उत्कृष्ट समाज भनेको समानताको समाज हो । जुन समाजमा समानता हुन्छ, त्यहाँ अशान्ति नभएर शान्ति कायम हुन्छ । समानता र शान्त समाज एकतावद्व हुन्छ ।
समाजको एकता नै बल हो । बलियो समाज समृद्व हुन्छ । समानता, शान्ति, एकता र समृद्व समाज वास्तवमा सुखि हुन्छ । समानता, शान्ति, एकता, समृद्व र सुखी समाज वैज्ञानिक समाजवादमा मात्र संभव छ । वैज्ञानिक समाजवाद ल्याउन कफन बाँधेर हिडेका हामी क्रान्तिकारी भनेर पहिचान बनाएकाहरू आज किन गैरक्रान्तिकारी, सर्वहारा वर्ग विरोधी चरित्रका किन र कसरी भयौ ? आज हाम्रो प्रतिक्रान्तिकारी वर्गउत्थानवादी किन भयौं ? कमरेडहरू तपाईहरूको पार्टी र नेतृत्वमा देखिएको मुख्य कमजोरी वर्गउत्थानवादको बाटो हिड्नु हो । गरिखाने वर्गको निम्ति भनेर लड्ने र उनीहरूको प्रयोगबाट बलियो राष्ट्रिय शक्ति बन्ने । गरिखाने वर्ग सडकमै छोडेर आफू आलिशान वंगलामा छिर्नुलाई वर्गउत्थानवाद भनिएको हो ।
वर्गउत्थानवादी बाटो तपाईहरू बिग्रिनुको परिणाम हो । बिग्रिनुको कारण मालेमावाद विरोधी विचार सर्वहारावादी क्रान्तिबाट विचलित हुनु र तपाईहरूमा निम्न पुँजीवादी चिन्तन हावी हुनु हो । निम्न पुँजीपति वर्गले मध्यम पुँवीपति वर्गमा पुग्ने सपना देख्छ । त्यो वर्ग पुँजीपतिवर्गबाट विभिन्न तरिकाले किनिएको हो ।
वर्गउत्थानवादी वर्ग भनेको नवधनाड्य वर्ग हो । सर्वहारा वर्गको आन्दोलनले पुजीपति वर्ग बदनाम भए पछि उनीहरूको सत्ता चलाउने प्रतिनिधि हुदैन । त्यस्तो वेलामा पुँजीपति वर्गले सर्वहारावर्ग भित्रबाट ‘कमाएर धनी बन्ने’ सपना देखेका तर, जनतामा बदनाम नभईसकेका अनुहारको खोजी गर्दछ । पत्ता लगाएर आफ्नो सत्ता सञ्चालनकोलागि केही पैसा दिएर खरिद गर्छ र आफ्नो वर्गमा मिसाउछ । तपाईहरूको पार्टीको विभिन्न तहको मुख्य नेतृत्वपंक्तिको समस्या यहि हो ।
यो निम्न पुँजीवादी चिन्तन जाग्नु स्वाभाविक हुन्छ । किनको नेपालको टुक्रे उत्पादन/दलाल पुँजीवादी उत्पादन प्रणाली यसको स्रोत हो । क्रान्तिकारीहरुले सर्वहारावादी विचारबाट सुसज्जित गर्दा निम्न पुँजीवादी चिन्तन हावी हुदैन । त्यो पार्टी, नेतृत्व र सिंगो पंक्ति क्रान्तिकारी रहन्छ । जब पार्टी पंक्ति र नेतृत्वतहमा सर्वहारावादी विचार हराउछ अनि त्यहाँ निम्न पुँजीवादी चिन्तन हावी हुन्छ । त्यस्तो अवस्थामा त्यो पार्टी र मुख्यतया विभिन्न तहको नेतृत्वपंत्ति वर्गउत्थानको बाटो रोज्छ । वर्गउत्थानवाद सर्वहारावर्गको दुश्मन वर्ग हो । तपाईको पार्टीको मुख्य समस्या यहि हो ।
पुँजीपतिवर्गले उनीहरूलाई माया गरेर दलाल बनाउदैन । उसले त आफ्नो सत्ता जोगाउनु हुन्छ र क्रान्तिकारी पंक्तिलाई गरिखाने वर्गको अगाडि बदनाम गराउनु हुन्छ । पुँजीवादले वर्गउत्थानवादलाई दुई भागमा बाँड्छ –एउटा तत्काल धनाड्य वर्गमा विकास गराएर सत्तामा सञ्चालन गर्ने । अर्काे कमिसन दिएर दलाल त बनाउने तर उनीहरूलाई सत्ता बाहिर राखेर क्रान्तिकारी देखाएर सत्तासिन हिजोको क्रान्तिकारी नेतृत्व (जो अहिले नवधनाड्य वर्गमा बदलिएर सत्तामा छ ।) लाई बदनाम गर्ने ।
पुँजीपतिवर्गले उनीहरूलाई क्षणिक प्रयोग गरेको मात्र हो । सधै सत्तासिन बनाउदैन । किन कि एक पटक खोलो हिडेको ठाउँमा पुनः हिड्ने संभावना रहन्छ । त्यसकारण निश्चित समय प्रयोग गरेर गुदि/रसभरी चुस्छ र खोईला फालिदिन्छ । तपाईको पार्टी र नेतृत्वमा अब गुदी/रस सकियो । अर्काे चुनावबाट तपाईको पार्टी र नेतृत्व नेकपा (माले) र कमरेड सिपी मैनालीको स्तरमा पुग्ने हो । पुँजीपतिवर्गले आफ्नो फ्रेस टिम करिब १०/१५ वर्ष देखि मेहनत गरेर सत्ता सञ्चालनको लागि तयार गरिसक्यो । गगन थापा, रवि लामिछाने र वालेन साह यिनै उदाहरण हुन् ।
बरू तपाईहरूको बुद्वि फिर्छ भने आउनुस् सबैले सहकार्य गरौं । हामी भित्र हावी भएको निम्न पुँजीवादलाई परास्त गर्न सर्वहारा–क्रान्तिकारी विचारको विजयको पहल गरौं । मालेमावादी विचारको रक्षा विकास र सहि प्रयोग गरौं । वर्गउत्थानवाद क्रान्तिको नभएर प्रतिक्रान्तिको वाटो हो । रूपान्तरणको माध्यम वा विधि यहि नै हो ।
तपाईहरूको पार्टीमा अर्काे एउटा समस्या छ । सबै भन्दा पहिले नेतृत्व सच्चिनु पर्छ भने पनि प्रचण्डलाई बुझ्ने, प्रचण्ड सच्चिनु पर्छ भने त झन प्रचण्डलाई मात्र बुझ्ने । यो तपाईहरूको गम्भीर त्रुटि हो । प्रचण्ड फगत एउटा व्यक्ति मात्र होईन । प्रचण्ड माओवादी आन्दोलनको नेतृत्वतहको मुख्य पात्र हो । प्रचण्ड सच्चिने भनेको नेतृत्व भनेको हो । माओवादी आन्दोलनको नेतृत्व भनेको पार्टीको केन्दिय ,समिति हो ।
केन्द्रीय तह भित्रको पोलिट व्युरो हो । कम्तिमा स्थायी समिति हो । यो टिम सामुहिकरूपमा सच्चिने भनेको नै नेतृत्व सच्चिने भनेको हो । प्रचण्ड व्यक्तिगतरूपमा सच्चिने तर उनको नेतृत्वको टिम भ्रष्ट हुनुलाई नेतृत्व सच्चिनु मानिदैन । माओवादी केन्द्रको विभिन्न तहमा नेतृत्व टिम छ । त्यो सामुहिकरूपमा सच्चिनु पर्छ । पार्टीलाई सर्वहाराकरण गर्नुपर्छ । माक्र्सवादी विचारद्वारा सुसज्जित बनाएर संघर्षमा जानुपर्छ । माक्र्सले यसैलाई दुनिया बुझ्नु भन्दा बदल्नुुलाई मुख्य बताउनु भएको हो । साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १९ मंसिर २०७९, सोमबार ११:०६ बजे