पञ्चकुलेबाट ४० जना माओवादी केन्द्रमा प्रवेश, मास्कीद्वारा स्वागत

तुलसीपुर,६ माघ । दाङको बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेबाट ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिभिन्न पार्टी परित्याग गरि उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । साेही ठाउँमा प्रवेश गरेकाहरूलाई टाेल कमिटि गठन गरिएकाे छ । नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् ।

त्यस अवसरमा उनले पश्चिम गंगटे,जिल्ला, सिमलकुनाजस्ता ठाउँको विकास भएमा मात्रै समग्र दाङको विकास भएको मान्न सकिने बताए । उनले गंगटेमा प्रहरी चौकीकालागि बजेट परेको भन्दै केही समयमा त्यहाँ प्रहरी चौकी स्थापना भएमा सहज हुने बताए ।


त्यस्तै गंगटे पुग्ने सडक स्तरबृद्धिको समेत काम भइरहेको बताए । पश्चिम दाङका ९ वटा खोलामा पुलकालागि समेत बजेट हालेको उनको भनाई छ ।

त्यस अवसरमा पार्टीका प्रदेशकमिटि सचिबालय सदस्य भिमबहादुर वली, पालिकाका कार्यालय सदस्य दीपक शाहलगायतको सहभागिता रहेको थियो ।