तुलसीपुर
३० असोज/ दाङ क्षेत्र नं.३ (ख)का उम्मेदवार धनबहादुर मास्के(राजेश)ले आफूले जितेपछि पश्चिम दाङलाई पाँच बर्षमा कायापलट गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपा माओवादी केन्द्र तुलसीपुर १० ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका मास्कीले मुलुकमा गणतन्त्र स्थापना गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अब यहाँको अबस्था बदल्न आफू चुनाबी मैदानमा उत्रिएको बताए ।
आफू जनमुक्ती सेनाको कमाण्डर हुँदा खेलेको भूमिकाको चौतर्फी रुपमा प्रशंसा हुने गरेको र छोटो समयमै महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएको भन्दै अब जनताका हरेक समस्या समाधान गर्न पनि आफू तत्पर रहने बताए ।‘म यही धर्तीले जन्मिएको मान्छे हुँ, मलाई यहाँको विकासप्रति निकै चिन्ता छ’,उनले भने‘त्यसैले म जनतासंग जोडिन आएको हुँ ।’
त्यसैले उनले दाङ क्षेत्र नं.३ मा काँग्रेसका दीपक गिरी र दाङ क्षेत्र नं.३(ख)मा आफूलाई भोट हाल्न अनुरोध समेत गरे ।
लाइभदाङ । ३० आश्विन २०७९, आईतवार ०८:३५ बजे