मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु

लमही,८ जेठ ।  मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेब गापा ६ ताप्ला बजार बस्ने बर्ष ५४ को बिर बहादुर खड्का रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

बुधबार दिउसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका १ नर्ती चोकमा पुर्वबाट पश्चिम तर्फ आउंदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा टक्र्याएका थिए ।


लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक जिल्ला रुपन्देही गैडहवा गाउँपालेका ७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिए ।