कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रचण्डविक्रम न्यौपानेको उम्मेदवारी

दाङ, १० असोज ।
लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन तथा यातायातमन्त्री एवं प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपानेले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

न्यौपानेले दाङ क्षेत्र नम्बर २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।


महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी घोषणा गर्दै न्यौपानेले पार्टीको नीति, संगठन र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।