
काठमाडौं, १० असोज ।
शनिबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा शनिबार राति अति भारी वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आइतबार दिउँसो पनि सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।



लाइभदाङ । १० आश्विन २०८३, शनिबार २१:५८ बजे