राजु खनाल कांग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

दाङ, १० असोज।
नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

खनाल दाङ क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि संविधानसभा सदस्य समेत भइसकेका छ्न ।


कांग्रेस लुम्बिनी प्रदेशका उपसभापतिसमेत रहिसकेका खनाल राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

खनालले लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। संविधानसभा सदस्य, प्रदेशसभा सदस्य तथा प्रदेश सरकारको मन्त्रीका रूपमा काम गरिसकेका खनालले कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।