अखिल नेपाल यातायात मजदुर संगठन दाङको अध्यक्षमा बस्नेत

तुलसीपुर
१ मंसिर /अखिल नेपाल यातायात मजदुर संगठन दाङको अध्यक्षमा छबिप्रसाद बस्नेतलाई चयन गरिएको छ । बुधबार तुलसीपुरमा भएको दोस्रो जिल्ला सम्मेलनले १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जिल्ला अध्यक्ष उदयबहादुर विक‘प्रदिप’को अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य राम बहादुर दहित –अन्जान) को प्रमुख आथित्यता तथा संगठनका केन्द्रिय सचिबालय सदस्य घनस्याम डाँगीको उपस्थितिमा सम्मेलन भएको हो ।


त्यस अवसरमा बक्ताहरुले यातायात मजदुरका समस्यालाई समाधान गर्न संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।