भारतमा दुर्घटनामा मृत्यु भएका चार जनाकै सनाखत

तुलसीपुर, १५ चैत ।
दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चार जनाकै सनाखत भएको छ ।

दुुर्घटनामा परि मृत्यु हुनेमा तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको बुवा ८५ वर्षिय जय बहादुर वली र आमा ८३ वर्षिय धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षिय परबीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षिय युवराज चापागाई रहेका छन् ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार गाडीमा नौ जना सवार रहेका थिए । ति मध्ये अन्य यात्रु घाइते छन् । दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो ।


गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेका छन् । मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको छ ।

उक्त दुर्घटनामा परि ५ जना गम्भीर घाइते छन्, भने दुई जना समान्य छन् । तुलसीपुर ७ निवासी ३५ बर्षीया कैलासी वली, सोही ठाउँकी ५२ बर्षीया नामति खड्का, तुलसीपुर ३ दमारगाउँ निवासी ५० बर्षीया कृकुली खड्का, तुलसीपुर ४ का ५० बर्षीय मनबहादुर खड्का र सोही ठाउँका ६९ बर्षीय लालमति खत्री गम्भीर घाइते भएका छन् । त्यस्तै तुलसीपुर ७ निवासी २५ बर्षीय सकिल खान र ४२ बर्षीय मोतिराम वली सामान्य घाइते भएका छन् ।