घाँस काट्ने क्रममा रुखबाट लडेर किशोरी घाइते

तुलसीपुर, ९ साउन । दाङमा रुखबाट लडेर एक किशोरी घाइते भएकी छिन् । सोमबार बेलुका पौने ७ बजेको समयमा बकाईनोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर शान्तिनगर गाउँपालिका वडा नं. १ बढियाका भुपाल वलीको छोरी १८ वर्षीया पार्वती वली घाइते भएकी हुन् ।


वलीकोे दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ ।