आजाद खड्का
एमाले–माओवादी आन्दोलनको उपलब्धी ‘संघिय गणतन्त्र’
– हार्दिक श्रद्वाञ्जली
सर्व प्रथम महान बाल तथा जनयुद्वका महान प्रथम सहिद दिल बहादुर रम्तेल सहिद सुखानी हत्याकाण्डमा सहदत प्रप्त गर्ने महाज सहिद आदिलाई उच्च सम्मान सहि हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । २०७९ फागुन १४ गते देखि फागुन २१ गते सम्म सहिद सप्ताह गर्न लागेको अहिले १८ वर्ष पार गरेर १९ औं वर्षमा प्रवेश गरेको छ । महान सहिद प्रति उच्च सम्मान सहित हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछु। यो समाज निरन्तर संघर्षशिल छ । संघर्षको माध्यमबाट युग समाज विकास भएको छ । नेपाल २०६२/६३ मा १९ दिने दोस्रो जनआन्दोलनको बलमा सामन्तवादी सत्ता राजतन्त्रको अन्त्य भएर ‘संघिय लोकतान्त्रिक गणतन्त्र’मा प्रवेशसंगै पुँजीवादी युगमा प्रवेश गरेको छ । यो युग समाज विकास चरणको चौथो चरणमा प्रवेश गरेको छ ।
यद्यपि संसार भने २४० वर्ष पहिले पुँजीवादमा प्रवेश गरेको हो। अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली राज्यक्रान्ति सन् १७९९ मा सम्पन्न भएको हो । हामीलाई राजतन्त्रले पूर्ण सामन्तवादी सत्ता र पछि साम्राज्यवादी दलालीमा हुर्किएर अर्धसामन्ती र अर्ध उपनिवेशिक सत्ताको जाँतोमुनि पिसेर जकडेर राखेको थियो। २०६२/६३ का आन्दोलन पछि हामी मुक्त भएका हौं। यो आन्दोलनको जग २०५२फागुन १ गतेबाट क.प्रचण्ड नेतृत्वमा सुरू भएको तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०६३ मंसिर ५ थते विस्तृत शान्ति सम्झौता गरेर युद्व समाप्त भएको दिन सम्म चलेको महान जनयुद्व थियो। यहि जनयुद्वको जगमा १९ दिने जनआन्दोलनको वलमा हामी पुँजीवादमा प्रवेश गरेका हौं।
समाजको विकास संघर्षको माध्यमबाट भएको हो। संघर्षको क्रममा पिडित श्रमजीवि जनता राज्यसत्ताको शोसन सहितको शासनका विरुद्व विरोध स्वरूप आन्दोलित हुने। आन्दोलन माथि राज्यसत्ताले दमन गर्ने र जनताले दमनको प्रतिरोध गरे पछि राज्यसत्ताले रक्तपातपूर्ण कत्लेआम गर्ने र संघर्षशिल जनताले जिते पछि नयाँ सत्ता स्थापित हुने र राज्यसत्ताले जिते राज्यसत्ता क्रुर भएर स्थापित हुने समाज विकासको ऐतिहासिक तथ्य हाम्रा सामु जग जाहेर छ ।
२०२७/२८ को झापा विद्रोह र २०५२ को माओवादी जनयुद्वको ईतिहास राम्रोसंग अध्ययन गरे बुझ्न काफी हुन्छ । झापा सिपी र आर के मैनालीहरूको नेतृत्वमा भएको झापा विद्रोह असफल हुदा झापाका धर्म ढकालको हत्या अभियोगमा क. केपी शर्मा ओली १४ वर्ष जेल जीवन बिताउनु प¥यो । माओवादी जनयुद्व सफल हुदा देश पुँजीवादी अवस्थामा प्रवेश गरेपछि क. मोहन वैद्य‘किरण’ र क. सिपि गजुरेल लगाएतका क्रान्तिका योद्वाहरू तत्काल रहाई भए । यो प्रक्रियामा हजारौ योद्वाहरू मारिए, हजारौ वेपत्ता, अंग भंग र घाईते अपांग भए । सफल/असफल जे भए पनि संघर्षमा जीवन गुमाएका महान सहिदहरू सबैका साझा हुन् ।
त्यहि भएर हामीले २०५२ फागुन १४ गते सहादत प्राप्त माओवादीका प्रथम सहिद ११ वर्षिय नाबालक दिल बहादुर रम्तेललाई राज्यसत्ताले हात्या गरेको दिन देखि २०२८ सालबाट सुरू भएको झापा विद्रोहमा सामिल क्रान्तिकारी योद्वाहरूलाई २०२९ फागुन २१ गते सहिद भएका ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षका नेत्र घिमिरे, ३१ वर्षका बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल, र १७ वर्षीय नारायण श्रेष्ठलाई तत्कालिन सामन्ति सत्ताले हत्या गरेको थियो। यहि फागुन १४ गते देखि २१ गतेलाई माओवादीले सहिद सप्ताहको रूपमा मनाउदै आएको छ । अहिलेको अवस्थामा आउन क. पुस्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २००६ बाट निरन्तर संघर्षमा छ । त्यसको एउटा हाँगोले गरेको झापा कोअर्डिनेशन केन्द्र गठन पछि गरेको झापा विद्रोह र पछि नेकपा (माले) हुँदै हाल नेकपा (एमाले) भएको छ। अर्काे हाँगो नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी) हुँदै नेकपा (माओवादी केन्द्र) बनेको छ ।
– एमाले–माओवादी आन्दोलनको उपलब्धी ‘संघिय गणतन्त्र’
एमाले–माओवादी आन्दोलनको उपलब्धीबारे चर्चा गर्दा मुलभूतरूपमा नेपाल कम्युनिष्ट पार्टीको ईतिहास समेटिन्छ । एमाले र माओवादी आन्दोलन–मुलतः नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन पछि छिन्न भिन्न भएको अवस्थामा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको पहलमा २०२५ सालमा भएको गोरखपुर सम्मेलनमा सहभागि टिमबाट नेतृत्व गरेको दुवै टिम हो। यसरी निर्माण भएको यी दुवै पार्टीको आ–आफ्नै महत्व छ ।
अहिलेका सबै कम्युनिष्ट पार्टीहरू पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहि २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीका हाँगा हुन्। आन्दोलनका यी दुवै हाँगाका सन्दर्भमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पारित एवं २०७५ जेष्ठ ३ गते अध्यक्षद्वय क.केपी शर्मा ओली र क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षर गरि निर्वाचन आयोग समक्ष पेश गरेको राजनीतिक प्रतिवेदनको पृ.९ को तेस्रो प्याराग्राफमा सु स्पष्ट लेखिएको छ–‘एकातिर नेकपा (एमाले) को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो भने अर्कोतिर तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्वपूर्ण भूमिका खेल्यो ।
यसरी प्रतिक्रियावादी सामन्ती राज्य व्यवस्थालाई कमजोर पार्दै, लोकतन्त्रको स्थापना र पूँजीको विकास गर्दै, समाजवाद तर्फ उन्मुख हुने अवस्था सिर्जना गर्नुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार तयार भयो । शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेकपा (एमाले) लगायतका सात राजनीतिक दल र जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन नेकपा (माओवादी) का बीचमा भएको १२ बुँदे समझदारीको आधारमा आ– आफ्नो ठाउँबाट दुवै शक्तिबाट सञ्चालित जनआन्दोलनले २००७ साल यताका सबै संघर्षको सञ्चित असरका रूपमा सामन्ती निरंकुश राजतन्त्रको अन्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेल्यो ।’
सत्य र स्पष्टरूपमा एमाले र माओवादी आन्दोलनलाई यसरी नै बुझ्नु पर्दछ । यद्यपि नेकपाका अरू हाँगा पनि छन् । नेकपा (मशाल) बाट छुट्टिएको हाँगा नेकपा (मसाल) र नेकपा एमालेबाट छुट्टिएको नेकपा (माले),नेकपा (एकिकृत समाजवादी) । एकीकृत नेकपा (माओवादी)बाट छुट्टिएको हाँगा नेकपा (क्रान्तिकारी माओवादी) विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत) आदि रहेका छन् । जो जहाँ पुगे पनि संघर्षको दौरानमा सहादत प्राप्त गर्ने महान सहिदहरू हाम्रा साझा सम्पति हुन् । यिनीहरूको साझा एवं एकीकृत सम्मानका लागि फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउनु, उनीहरूप्रति श्रद्वाञ्जली गरेर आम जनतामाझ स्थापित गराउनु, उनीहरूको परिवारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नु र वेपत्ता, उनका परिवार, घाईते अपांग उनीहरूका परिवारलाई पनि सहिद सप्ताह कार्यक्रमबाट उच्च सम्मान गर्नु आम परिवर्तनका लागि संघर्षशिल क्रान्तिकारी कम्युनिष्ट, देशभक्त र राष्ट्रवादीहरूको दायित्व हो ।
-नाबालक रम्तेल हत्याकाण्डको दिन
२०५२ फागुन १४ गतेका दिन गोरखाका ११ वर्षिय नाबालक सहिद दिल बहादुर रम्तेलमाथि तत्कालिन शाहि सत्ताले गोली हानी हत्या गरेको दिन हो । २०५२ साल फागुन १ गतेबाट राज्यसत्ताले चरम दमनको नीति लिए पछि प्रतिरोध संघर्षकारूपमा तत्कालिन नेकपा (माओवादी)ले क.प्रचण्डको नेतृत्वमा महान जनयुद्वको सुरूवात गरेको थियो। रम्तेललाई माओवादीले जनयुद्वका प्रथम सहिद घोषणा गरेको छ ।
२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो। आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार ग¥यो। उनलाई लिएर ताकुबाट पन्दरूङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्दरूङ देउराली जराङतिर लाग्यो। जराङस्थित ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरे।
विद्यार्थीहरूले शिक्षक पक्राउ गरेर लैजान नहुने भन्दै विरोध स्वरूप प्रहरीलाई अवरोध गरे । यसरी विवाद हुदै जाँदा प्रहरीको तर्फबाट फाइरिङ सुरू भयो । प्रहरीले चलाएको गोली लागि दुई विद्यार्थी घाइते भए । गोली लागि रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए । उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा साविक ताप्ले गाविस छापथोकमा पु¥याउदा दिलबहादुरको मृत्यु भयो।
-फागुन २१ सुखानी हत्याकाण्डको दिन
फागुन २१ गते सुखानी हत्याकाण्डको दिन हो। सिपि र आरके मैनालीको नेतृत्वमा २०२९ साल फागुन २१ गतेका दिन झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायती–साम्राज्यवादको दलाल सामन्ती सत्ताले हत्या गरेको थियो।
झापाको चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने भनेर लैजाने क्रममा इलामको माई नगरपालिका–४ र अर्जुनधारा नगरपालिका–३ को सुखानीमा उक्त हत्या गरेको थियो। स्थानिय पन्चायति शासक धर्म लगाएतको हत्या अभियोगमा ती सहिदहरू र अहिलेका पूर्व प्रधानमन्त्री क.केपी शर्मा ओली आदि संगै जेलमा परेका थिए । राजतन्त्र विरूद्व नयाँ जनवादी व्यवस्था स्थापनार्थ कडा विचार राख्ने क्रान्तिप्रति प्रतिवद्वा योद्वाहरूको हत्या गरियो ।
नयाँ जनवादी व्यवस्था स्थापनार्थ र साम्राज्यवादी दलालका विरूद्व नरम रहने केपी शर्मा ओली लगाएतहरूलाई १४ वर्ष कारावास राखियो। क्रान्तिप्रति प्रतिवद्व योद्वाहरू ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षका नेत्र घिमिरे, ३१ वर्षका बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल, र १७ वर्षीय नारायण श्रेष्ठहरूलाई २०२९ फागुन २१ गते हत्या गरेको थियो। त्यो दिनमा सुखानी हत्या काण्डको स्मृति दिवशको आयोजना गरिन्छ । सम्भव भएसम्म प्रमुख वामपन्थी नेताहरू यहाँ पुगेर ती सहिदलाई सम्झने गर्छन् ।
यसकारण हामीले फागुन १४ गते देखि २१ गते सम्म सहिद सप्ताहकोरूपमा सहिद स्मृति दिवस गरिन्छ । यसलाई सबै महान सहिदहरूको सम्झना, उनीहरूले समाज रूपान्तरणकालागि गरेका योगदानको महत्वबारे व्यापक चर्चा र सहिद परिवारहरूलाई उच्च सम्मान गर्ने संस्कृतिको विकास गर्नु आम क्रान्तिकारीहरूको दायित्व हो । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १५ फाल्गुन २०७९, सोमबार १३:३० बजे