जंगलमा मौरीले डस्दा दुईजना घाइते, मेयर खड्काद्धारा उद्दार

तुलसीपुर, ५ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका एक दम्पत्ती मौरीले डसेर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बासका ६२ वर्षिय सुपबहादुर दमाई र ६१ वर्षिया उनकै श्रीमती लिलावती दमाईलाई आफन्तीको घरबाट घरमा जाने क्रममा आज दिउँसो दमारगाउँ–अम्बास सडकखण्डको भ्युडरगैह्राको जंगलमा मौरीले डसेको अवस्थामा फेला पारेको उपमहानगरका मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।


वृद्ध दम्पत्तीलाई जंगलमा घाइते अवस्थामा फेला पारेपछि उपमहानगर प्रमुख खड्काले आफ्नै गाडीबाट उद्धार गरी उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेको मेयरको सचिवालयले जनाएको छ । स्वकीय सचिव गोकर्ण पौडेलका अनुसार सबै उपचार खर्च उपमहानगरले ब्यहोर्ने छ ।