मानव सेवा आश्रमलाई ह्वील चियर सहयोग

तुलसीपुर
१३ भदौ / दाङको तुलसीपुर स्थित मानव सेवा आश्रमलाई ह्वील चियर सहयोग गरिएको छ । मानव अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक विनोद कुमार श्रेष्ठ र प्रतिष्ठानका आजिवन सदस्य अब्दुल हमिद खानको सहयोगमा दुई थान ह्वील चेयर सहयोग गरिएको हो ।

मानव अधिकार प्रतिष्ठान दाङ शाखा मार्फत उक्त ह्वील चेयर सहयोग गरिएको हो । शनिबार आश्रममै पुगेर उक्त सहयोग गरिएको हो । प्रतिष्ठानका दाङ शाखा सभापति शालिकराम वलीको अध्यक्षता तथा प्रतिष्ठानका प्रदेश संयोजक विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उक्त सहयोग गरिएको हो ।

आश्रममा ह्वील चेयर अभाब भएकाले सहयोग गरिएको श्रेष्ठले बताए । उनले सबैले सक्दो सहयोग गर्नुपर्ने समेत बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार गणेश पार्धे, कानुनी सल्लाहकार मोहन धिताल, प्रेस सल्लाहकार दिपक बोहरा, आश्रमका व्यबस्थापक उर्विन सापकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिब टेकन कडेलले गरेका थिए । साथै प्रदेश संयोजक श्रेष्ठले आश्रममा रहेका ३२ जनालाई खाना पनि खुवाएका थिए ।


May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of 1 person and text

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'