दंगीशरण–६ मा पशु स्वास्थ्य शिविर सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, ४ जेठ ।
नेपाल महिला सामुदायिक सेवाकेन्द्र घोराहिको आयोजना,दंगीशरण गाउँपालिका दाङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा १ दिने पशु स्वास्थ्य शिविर दंगीशरण गाउँपालिका वडा नं. ६ को प्रसडुवमा सम्पन्न भएको छ ।

शिविरको उद्घाटन गर्नुहुदै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषि र पशुपालनमा आश्रीत गाउँपालिका रहेकाले यहाँका किसानहरुलाई लाभान्वित हुनेखालका कार्यक्रमहरु अगाडी सार्दै आफुहरु बढेको बताउनुभयो । पछिल्लो समय बढ्दो बेरोजगारीको समस्याले पुरुषहरु बाहिरी देश जाने र महिलाहरु धेरै मात्रामा पशुपालन तर्फ उन्मुख रहेको समेत बताउनुभयो ।

आफ्नो वडाबाट गाउँपालिकासम्म पशु चौपाया लगेर उपचार गराउन नसक्ने त्यस्ता किसानहरुको सहजताका लागी कृषि पशुपालनमा देखियका समस्या समाधान सहित पशु स्वास्थ्य शिविर आयोजना गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।


शिविर बाट १७२ जना किसानले आफ्नो पशुचौपायको औषधि उपचार तथा चेकजाच गराएकाछन । जसमा भेडा/बाख्रा ९७०,कुखुरा हास ४५००,भैसि ४३५,बङ्गुर १४८,र १० वटा बोकालाई खसि बनाउने लगायत चेकजाच सहित औषधि वितरण गरीएको हेफर प्रोजेक्ट नेपालकि पालिका संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो । शिविरमा पशु डाक्टर पशु बिज्ञ डा. गान्धि उपाध्यायले उपचार तथा औसधि वितरण गर्नुभएकोथियो । शिविरमा गाउँपालिका पशु सेवा शाखाको समेत सहभागीता रहेकोथियो ।

पशु स्वास्थ्य शिवीरको नमुना महिला समुहकि अध्यक्ष मिना नेपालीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा औपचारिक उद्घाटन गरीएको हो।

हेफर प्रोजेक्ट नेपालकी गाउँपालिका संयोजक गोमा भट्टराईको स्वागत मन्तब्यबाट शुरु गरीएको शिवीर उद्घाटन कार्यक्रमको सहजिकरण महिला सामुदायिक सेवाकेन्द्र घोराहिका नवराज अधिकारीले गर्नुभएकोथियो ।