दंगीशरण १ मा महिला शसक्तीकरण तथा २ दिने मनोबिमर्श तालिम सुरू

प्रमोद आचार्य
दंगीशरण,३ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं. १ को आयोजना तथा नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहिको सहजीकरणमा महिला शसक्तीकरण तथा २ दिने मनोबिमर्श तालिम आजदेखि दंगीशरण १ को बाकिमा शुरुभएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाई शसक्त बनाउने उदेश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनुभयो । बिगतका वर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको बताउनुभयो । महिलाहरुमा हरेक कुरा लगनशीलता ,इमानदारीता,हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन सशक्तिकरणको माध्यमवाट अगाडी बढाउन विभिन्न कार्यक्रमहरु ल्यायको अध्यक्ष गिरीले बताउनुभयो । पछिल्लो समयमा अगाडीका परम्परागत संस्कारहरु लोप हुदै गएकोप्रती पनि चिन्ता ब्यक्त गर्नुभयो ।


यस्तै उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश भण्डारीले महिलाहररु आफ्नो हक अधिकारका लागी ढुक्कसङ्ग बोल्न र हरेक कुरामा चासो राख्न सक्ने बनाउने गरी अगाडी बढाउन कार्यक्रम आयोजना गरीएको बताउनुभयो । यस्तै भण्डारीले पछिल्लो समय विकाराल रुपमा देखापरेको मनोसामाजिक समस्यालाई समाधान गर्न र रोग लागेर उपचार गर्नुभन्दा रोगनै लाग्न नदिन मनोबिमर्शलाइ सन्ङ्गै जोडेर तालिम आयोजना गरीएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा शुभकामना भनाइ राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले महिलाहरूले तालिममा सिकेका कुरालाइ नितान्त व्यबहारमा लागु गरीदिन र तालिम पस्चात प्रशिक्षकको रुपमा अगाडी बढ्न सक्ने गरी लाग्न आग्रह गर्नुभयो ।

२ दिने तालिम वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेको बिशिस्ट आथित्यतामा २ दिने तालिमको औपचारिक उद्घाटन गरीएको हो । वडा नं. १ कि सदस्य हुमा गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा नं. १ का सचिव मन बहादुर खड्काले गर्नुभएकोथियो ।