तुलसीपुरका एक बालक ५ दिनदेखि वेपत्ता

तुलसीपुर, १८ जेठ ।  दाङको तुलसीपुरका एक बालक ५ दिनदेखी वेपत्ता भएका छन् । तुलसीपुर  उपमहानगरपालिका–१७ बनकट्टा निवासी १२ वर्षीय भरत बिक बाँकेको चप्परगौडीबाट यहि जेठ १४ गतेदेखी वेपत्ता भएको बालककी आमा मुन्नी बिकले जानकारी दिनुभयो । चप्परगौडीस्थित आफन्तको घरमा गएको अवस्थामा जेठ १४ गते बिहान ८/९ बजेको समयमा उनी हराएको उहाँले बताउनुभयो ।


गहुगोरो वर्ण भएको, साढे ३ फिट हाइट भएको, खैरो जिन्स पाइन्ट लगाएको र निलो धर्सा भएको टिसर्ट लगाएका बालक ५ दिनदेखी हराइरहेकाले भेटाउनुहुने जो कोहीले पनि आफन्तको मोबाइल नम्बर ९७६८३०६९२० मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।