तुलसीपुर , ३१ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार केसीले एकहजार पाँच सय ५० मत प्राप्त गरेका हुन, भने प्रतिद्वन्दी गठबन्धनका ललितजंग शाहले एक हजार तीन सय ४० मत मात्रै प्राप्त गरेका थिए । केसी २१० मतान्तरले विजयी भएका हुन् ।
केसी यस अघि संघको महासचिब थिए, भने शाह दुई कार्यकाल उपाध्यक्ष भएका ब्यक्ती हुन् । त्यसैगरी उद्योग उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार भएका विश्व बस्नेत निर्वाचित भएका छन् । उनले कांग्रेसबाट उम्मेदवार भएका हेमेन्द्र खड्कालाई ४४७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । विश्वले १५९० र हेमेन्द्र ११४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी विजयी भएका छन् । उनले १५२० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार बनेका खसशलराम शर्माले ११८७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको ३३३ को मतान्तर छ ।
खल्ला उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार भएका देबबहादुर केसी विजयी भएका छन् । केसीले १५२० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार डिल्लीबहादुर वलीले १२११मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर३०९ छ । केसी यसअघिका वाणिज्य संघको कोषाध्यक्ष हुन ।
महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी विजयी भएका छन् । केसीले १५३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरेका छन् । केसी र डाँगी बीचको मतान्तर ३२७ रहेको छ ।
कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा विजयी भएका छन् । शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ३६० रहेको छ ।
सचिवमा पनि काँग्रेसबाट उम्मेदवार भएका नबिन राई विजयी भएका छन् । राईले ९६९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ मत र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका छन् । राईले स्वतन्त्र उम्मेदवार वलीलाई १२१ मतान्तरले पछि पार्दै विजयी भएका हन् ।
त्यस्तै सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारी विजयी भएका छन् । भण्डारीले ११५६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ३३ मात्रै रहेको छ ।
निर्वाचन परिणाम अनुसार खुला सदस्य तर्फ काँग्रेसबाट उम्मेदवार भएका सबै जना निर्वाचित भएका छन् । जसमा कोमल डिसी ले १४८९ , तिर्थबहादुर डाँगी १५१८ , माधव बस्नेत १४२१, शैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरि विजयी भएका छन् ।
महिला सदस्य तर्फ गठबन्धनबाट उम्मेदवार भएका विजयी भएका छन्। जसमा शारदा बस्नेत १२६७ र मिना रावतले १२८५ मत प्राप्त गरि विजयी भएका छन् ।
त्यसैगरी एशोसियट सदस्यमा सन्दिपन रिजाल विजयी भएका छन् । उनले ६९ मत प्राप्त गरि विजयी भएका हुन भने उनका प्रतिष्प्रर्धी शुरज ज्ञवालीले ३१ प्राप्त गरेका छन् । यसअघी कांग्रेसबाट संस्थागत सदस्यमा उम्मेदवार भएका चिन्तामणी आचार्य निर्विरोध निर्वाचित भएका थिए । शनिबार बिहानबाट भएको निर्वाचनमा मध्यरातिबाट सुरु मत गणना सुरु भएको थियो ।
गठबन्धनका दुई उपाध्यक्ष र दुई सदस्य
यस पटक काँग्रेसले विनिल केसीलाई उम्मेदवार बनाएपछि रुष्ट भएका शाहले नयाँ गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । शाहलाई एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलहरुको समर्थन थियो । तर, गठबन्धनबाट उद्योग उपाध्यक्ष र बाणिज्य उपाध्यक्षले विजयी हाँसिल गरे, भने दुई जना महिला सदस्य गठबन्धनबाट आए ।
त्यो बाहेक सबै पदमा बिनिल केसी प्यानल विजयी भए । गठबन्धनबाट उद्योग उपाध्यक्षमा विश्व बस्नेत र बाणिज्य उपाध्यक्षमा नरेश राज भण्डारी विजयी भएका हुन् । बस्नेत संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाती हुन्, भने भण्डारी एमाले निकट हुन् ।
त्यस्तै महिला सदस्य शारदा बस्नेत र मिना रावत विजयी भएका छन् । उनीहरु दुबै गठबन्धन निकट उम्मेदवार हुन् । बस्नेत माओवादी केन्द्र निकट हुन्, भने रावत काँग्रेस निकट हुन् ।
लाइभदाङ । ३१ बैशाख २०८१, सोमबार ०७:२७ बजे