ज्योतिष बिज्ञानले तथ्य प्रमाणित गर्नुपर्छ : मन्त्री मास्की

दाङ, १७ कार्तिक ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ज्योतिष बिज्ञानले तथ्य र प्रमाणलाई पुष्टि गरे समाजमा सकारात्मक प्रभाव पर्ने बताउँनु भएको छ । दाङ घोराहीका आयोजित नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को समापन गर्दै यस्तो बताउँनु भएको हो । अर्थमन्त्री मास्कीले ज्योतिष शास्त्र गणितको उत्पतिको श्रोत भएको उल्लेख गर्दै ज्योतिषले भनेका कुरा प्रमाणित भए ज्योतिष शास्त्र प्रतिको विश्वसनियता समाजमा बढ्दै जाने उल्लेख गर्नुभयो ।

ज्योतिष शास्त्रले पुजापाठ भन्दा सत्य तथ्य र प्रमाणित कारण खोजेर समस्या समाधानको बाटो तर्फ अघि बढ्नु पर्ने सुझाब दिदै अन्यथा काल्पनीक कुरामा जोड थालियो भने त्यसले समाजमा डर, त्रास, मात्रै फैलाउँने प्रतिकृया दिनुभयो । समाजलाई सही दिशामा हिडाउँने काम ज्योतिषहरुको पनि रहेको उल्लेख गर्दै मन्त्री मास्कीले यो पेशालाई मर्यादित बनाउँन आबश्यक रहेको धारण व्यक्त गर्नुभयो ।


कार्यक्रमका प्रमुख अतिथी रहनु भएका अर्थमन्त्री मास्कीले मानव जीवनमा हुन सक्ने घटनाको व्याख्या विश्लेषण ज्योतिष शास्त्रले गर्ने प्रतिकृया दिदै किताब हेरेको भरमा यो कार्य सम्भव नहुने तर्क गर्नुभयो । सकारले ज्योतिष शास्त्रलाई मर्यादिप बनाउँने कुरामा जोड दिएको बताउँदै प्रदेश सरकारले आवश्यक परे संस्थालाई सहयोग गर्न तयार रहेको बताउँनुभयो । ज्योतिषका सेवाहरु बैधानिक तरिकाले चल्नु पर्नेमा जोड दिदै सम्बन्धित निकायमा दर्ता गरेर सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सबै धर्म,संस्कृतिको संरक्षण सरकारले गर्दै आएको भन्दै जोतिष शास्त्र र पूर्वीय दर्शनको अध्ययन दाङ भएको उल्लेख गर्दै नेपाल संस्कृति विश्वविद्यालयलाई अध्ययनको केन्द्र बनाउँनु पर्ने आवश्यकता भएको बताउँनुभयो । मास्कीले पूर्वीय दर्शनले मानव समाज रहेका नकारात्मक सन्देशको अन्त्य गर्दै ज्योतिष बिज्ञानले मानव समुदायमा चेतना प्रवाह गर्नुपर्नेमा प्रतिकृया दिनुभयो । सम्मेलनमा देशभरबाट करिव ८ सय जना प्रतिनिधी सहभागी भएका थिए ।