गोरखा मावि तुलसीपुरलाई जापनको ‘नेपाल एजुकेशन अवार्ड’

तुलसीपुर, २० कात्तिक । दाङको तुलसीपुरस्थित गोरखा माविले जापानको ‘नेपाल एजुकेशन अवार्ड २०२३’ प्राप्त गरेको छ । जापानमा आयोजित एक कार्यक्रमका बिच गोरखा ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ट माविका रुपमा गोरखाले अवार्ड पाएको केसीले बताए । जापानको एभरेस्ट इन्टरनेसनल स्कुलमा आयोजित एक समारोहकाबीच अवार्ड प्रदान गरिएको हो ।
शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता, परीक्षा परिणाम, सामाजिक कार्यलगायतको मूल्यांकन गरि गोरखालाई अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ । गाेरखा तुलसीपुरले शिक्षा क्षेत्रका थुप्रै अवार्डहरु यस अघि पनि प्राप्त गरेको छ । जसले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको छ ।


किताबी ज्ञान मात्रै नभई समाजलाई आबश्यक पर्ने जनशक्ति उत्पादन गर्ने तर्फ गाेरखाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

कलेज रिडर्सको आयोजनामा सम्पन्न अवार्ड समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, संघीय सासंद तेजुलाल चौधरी, कलेज रिडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।