प्रविधिको विकास सङ्गै शिक्षकहरु पनि प्रविधि अनुकुल रुपान्तरण हुन आवश्यकः गिरी

प्रमोद आचार्य
दंगीशरण, ३० बैशाख ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा विकास तथा समन्वय इकाइ दाङको आयोजना तथा दंगीशरण ,शान्तीनगर र बबइ गाउँपालिकाको समन्वयमा सामुदायिक तथा सस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापक एबम आधारभुत तह कक्षा ६–८ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु सङ्ग शैक्षिक गुणस्तर अभिबृद्दिका लागी एकदिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्कृया कार्यक्रम इकाइ समन्वय प्रमुख देवमणि चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी राम बन्धु सुवेदिको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले विद्यालयहरु पुर्णरुपमा भौतिक पुर्वाधारमा सम्पन्न भएका तर विद्यार्थी संख्या कमहुने राष्ट्रिय समस्याको रुपमा रहेको बताउनुभयो । प्रविधिको विकास सङ्गै शिक्षकहरुपनि प्रविधि अनुकुलित रुपान्तरण हुन अन्त्यन्त आवश्यक रहेको उहाँको भनाइथियो ।विद्यार्थीहरुलाई घोकन्ते विद्या भन्दा पनि ब्यबहारीक ज्ञानमुलक शिक्षा दिन प्रधानाध्यापकहरुलाई सुझाव दिनुभयो ।


पछिल्लो समयमा बालबालिकाले आफ्नो सस्कार बिर्सिदै गइरहेकोप्रती चिन्ता ब्यक्त गर्दै अबको स्थानिय पाठ्यक्रममा संस्कार र संस्कृतीकोबारे समावेस गर्न आवश्यक रहेको उहाँको भनाइथियो ।

कार्यक्रमको उदेश्यमाथि प्रकास पार्दै दंगीशरण गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद साखा प्रमुख विनोद अधिकारीले दिगो विकास लक्षमा पनि विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न एस्ता कार्यक्रमहरु हुने गरेको बताउनुभयो ।बालबालिकाले संस्थागत होस या सामुदायिक विद्यालय जहाँ पठनपाठन गरेपनि उनिहरुको गुणस्तरीय शिक्षा प्राप्तताको सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

प्रविधिको विकाससङ्गै सिकाइमा उपलब्धि हुनुपर्नेमा अझ घट्दै गइरहेकोप्रती दुःख ब्यक्त गर्दै गुणस्तरीय शिक्षा अभिबृद्दीका लागि सिकाइ आदनप्रदान तथा अनुभव साटासाट गर्न अन्तर्कृया कार्यक्रम आयोजना गरीएको अधिकारीले बताउनुभयो ।