आज तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन

तुलसीपुर, २९ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन आज(शनिबार) हुँदैछ । बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र भएमा भोट खसाल्न पाउने ब्यबस्था गरिएको छ । त्यस्तै संभावित फर्जी मत रोक्न यो पटक डिजिटल परिचय पत्रको ब्यबस्था गरिएको छ । पुराना परिचय पत्र धारिको हकमा स्पष्ट परिचय खुल्ने प्रमाण ल्याउनु पर्ने ब्यबस्था गरिएको छ ।

संघको ३० वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ । ४ वटा केन्द्र निर्माण गरेर ३० ठाउँबाट मतदान गर्ने ब्यबस्था मिलाईएको सदस्य चौधरीले बताए ।


संघमा तीन हजार चार सय ७४ जना मतदाता रहेका छन् । तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न निर्वाचन भएको हो ।

निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् । काँग्रेसले बिनिल केसी र विद्रोही काँग्रेससहित, एमाले, माओवादी केन्द्रलगायतका ८ दलले ललितजंग शाहलाई समर्थन गरेका छन् ।