तुलसीपुर उपमहानगरः कडा प्रतिस्पर्धा, गठबन्धन १३६ मतले अघि

दीपक बोहरा
दाङ,५ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमालेले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९६२५ मत गन्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरी १३६ मत अगाडी छन् । गिरीले ४२१२ मत ल्याएका छन्, भने एमालेका उम्मेदवार टिकाराम खड्काले ४०७६ मत ल्याएका छन् ।


अहिले तुलसीपुरका ३ वटा वडाको मतगणना कार्य भइरहेको छ, भने दुई वटा वडाको नतिजा आईसकेको छ । वडा नं. १ बाट गठबन्धन अग्रता लिएको थियो भने २ वाट एमालले लिएको थियो । अहिले ३, ४ र ५ को गणना भइरेहेको छ । त्यसमध्ये ३ बाट एमालेले, ४ र ५ बाट काँग्रेसले अग्रता लिइसकेको छ ।

उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले ३९४९ मत प्राप्त गरेर अग्रस्थानमा छन्, भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले ३४३२ मत ल्याएका छन् । अहिलेसम्म वडा नं. १ मा गठबन्धनको तर्फका उम्मेदवार माओवादी केन्द्रका हुमकान्त सापकोटा र २ नम्बरबाट एमालेका उम्मेदवार भिमबहादुर योगीले विजयी हाँसिल गरिसकेका छन् । तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।