गठबन्धनलाई जिताउनुस्, व्यवसायीका समस्या समाधानमा लाग्ने छौः खनाल

घोराही, १९ कात्तिक ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ । गठबन्धन समर्थक व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलामा बोल्दै खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।

व्यवसाय अहिले कठिन मोडमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीपछि व्यवसाय क्षेत्र विभिन्न समस्यामा रहेको भन्दै खनालले व्यवसाय फस्टानका

बैकको ब्याज दिनप्रतिदिन बृद्धि भईरहेकाले व्यवसायीहरु चर्को ब्याजको मारमा परेको उहाँले बताउनुभयो । उहाँले राज्य व्यवसायीहरुको समस्याप्रति गम्भीर बन्न आवश्यक भएको बताउनुभयो । दाङको व्यवसायीक केन्द्र घोराही भएपनि घोराही क्षेत्रका व्यवसायीहरु नै मारमा परेको र राप्तीको व्यवसायीक केन्द्रको रुपमा घोराही बजारलाई विकाश गर्न आवश्यक भएको खनालले बताउनुभयो ।


देशको विकासकालागी व्यवसायीहरुको महत्वपूर्ण भूमीका रहेको भन्दै व्यवसायीको व्यवसाय प्रबधनकालागी कार्यक्रम ल्याउन आवश्यक भएको उहाँको भनाई थियो । आफू पनि व्यवसायी भएकाले व्यवसायीहरुको समस्याबारे आफू नजिकबाट जानकार भएको उहाँको भनाई थियो ।

‘अहिले हामी व्यवसायीहरु विभिन्न खालका समस्याहरुमा छौ , कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउन सकेको छैन । म आफै पनि व्यवसायी भएकाले पनि व्यवसायीहरुको समस्याका बारेम नजिकबाट जानकार छु’ खनालले भन्नुभयो– ‘ती व्यवसायीको समस्या माधानकलागी गठबन्धनलाई बिजयी बनाउनुहुन म सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

खनालले दाङको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा सञ्चालन गर्न र एमबिविएस, नर्सिङ पढाई सुरु गर्न, दाङको तुलसीपुरमा रहेको बिमानस्थलको स्तरबृद्धि गर्न एवं आवश्यकता अनुसार वैकल्पीक विमानस्थलको खोजी गर्न आवश्यक रहेको उहाँले बताउनभयो ।