सेनाको यातना सहेर ब्यबसायमा अडिएका‘किशोर’

दाङ, २७ वैशाख । 
सधै ब्यबसायीहरुको सुरक्षा र हकहितमा आवाज उठाउने एउटा नाम हो–किशोर कुमार वली । लामो समयदेखि तुलसीपुरमा व्यबसाय गर्दै आएका वली ब्यबसायीहरुलाई पर्ने पीडा, हरेक समस्यामा सधै आवाज उठाउने ब्यक्ती हुन् । पदमा हुँदा होस्, वा नहुँदा पनि उनी सधै व्यबसायीहरुकै हकहितमा आवाज उठाउँदै आएका ब्यक्ती हुन् ।

तुलसीपुर ५ को सुर्खेत रोडमा किशोर इलेक्ट्रोनिक सेन्टर सञ्चालन गर्दै आएका उनी तुलसीपुर उद्योग बाणिज्य संघको लोकपृय सदस्य समेत भए । वली २०७१ सालमा भएको संघको निर्वाचनमा सबै भन्दा बढि मत ल्याएर बरिष्ठ सदस्य भएका थिए ।


सुरुवातमा सानो लगानीमा उनी ब्यबसायमा प्रवेश गरेका हुन् । तुलसीपुरमा उनले ब्यबसाय सुरु गरेको तीन दशक हुन लाग्यो । २०५४ सालदेखि उनी तुलसीपुरमै ब्यबसाय गर्दै आएका ब्यक्ती हुन् । त्यतिबेला मुलुकमा जनयुद्ध चलिरहेको थियो । प्रत्येक दिन सेनाले यातना दिन्थ्यो । उनी भन्छन्‘प्रत्येक दिन सेनाले लगेर कुटपिट गथ्र्यो, ब्यबसाय गर्न निकै कठीन थियो ।’ त्यस्तो जगजगीका बेला पनि तुलसीपुरमा अडिएर किशोरले संघर्ष गरे र , अहिले उनी सफल भए । २०३५ सालमा सल्यान बाफुखोलाको बागचौर जन्मिएका किशोरले लामो समय ब्यबसायमा संघर्ष गरे ।

उनी हाल तुलसीपुर उद्योग बाणिज्य संघको सह–कोषाध्यक्षको उम्मेदवार छन् । उनको एउटै योजना हो–ब्यबसायिक सुरक्षा र आर्थिक पारदर्शिता । आर्थिक पारदर्शिता विना कुनै पनि संस्था बलियो हुन नसक्ने उनको ठहर छ । उनी सहयोगी बचत तथा ऋण सहकारी संस्थाको संस्थापक सदस्य पनि हुन् ।