दाङ,१८ कात्तिक । मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालका अधिकांस भू-भागसहित भारतकाे नयाँ दिल्लीमा समेत महसुस भएको छ।
पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिकाे विवरण आउन बाँकी छ।
लाइभदाङ । १८ कार्तिक २०८०, शनिबार ००:२६ बजे