दाङमा भिरबाट लडेर महिला गम्भीर घाइते

तुलसीपुर, ५ असार ।
दाङमा भिरबाट लडेर एक जना महिला घाइते भएकी छिन् । आज दिउँसो अन्दाजी साढे २ बजेतिर सप्तखोली भिरमा घाँस काट्न गएको समयमा अचानक लड्दा एक जना महिला घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।


घाइते हुनेमा बबई गाउँपालिका ५ हापुरे बस्ने ४२ वर्षिया डिला रोका रहेकी छिन् । घाइते रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनलाई टाउको, नाक, मुखमा चोट लाग्नुका साथै बाया हातको कान्छी औला भाचिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।