माओवादी केन्द्र तुलसीपुर १७ द्वारा ६ टोलमा कमिटि गठन

तुलसीपुर
२७ कात्तिक ।
माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ ले वडाका ६ वटा टोलमा कमिटि गठन गरेको जनाएको छ ।

बघौसी–झिगैं टोलमा जितमान गिरीको अध्यक्षतामा टोल कमिटि गठन गरिएको छ । जसको सचिबमा सविना ढकाल रहेकी छिन् । त्यस्तै मानपुर–जिनुवागाउँ टोलमा मञ्जु वुढाथोकी अध्यक्ष र निर्मला राणा सचिब चयन भएका छन् ।


त्यस्तै जमेरा टोलमा अध्यक्ष राजु चौधरी र सचिब श्रवनलाल चौधरी तथा मजगाउ टोलमा मगेरु चौधरी अध्यक्ष र शितल चौधरीलाई सचिब चयन गरिएको छ ।