तुलसीपुर उवासंघमा माओवादी केन्द्रले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाउने

तुलसीपुर, २० वैशाख । नेकपा माओवादी केन्द्रले तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा मिनराज भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

भण्डारी संघका बरिष्ठ उपाध्यक्ष हुन् । बरिष्ट उपाध्यक्ष भएकाले संघमा भण्डारीनै अध्यक्ष बन्नु पर्ने माओवादी केन्द्रको निश्कर्ष छ । केन्द्रको सत्तासमीकरण अनुसार तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्व आफूहरुले गर्नुपर्ने माओवादी केन्द्रको माग छ ।

त्यसकालागि राजनीतिक दलहरुसंग छलफल र समन्वयकालागि पार्टीका क्षेत्र नं.३ का सहइन्चार्ज प्रेमराज वली‘प्रभात’को संयोजकत्वमा कार्यदल बनेको छ । जसको सदस्यहरुमा खुसीराम चौधरी, डिल्ली अधिकारी, इश्वरी पाण्डे, मोहन थापा, यज्ञबहादुर केसी र मिनराज भण्डारी रहेका छन् ।

पार्टीका नगर इन्चार्ज डिल्ली अधिकारीको अध्यक्षता तथा केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको नगर सचिब शसिकिरण ढकालले बताए ।

यो पनि


तुलसीपुर उवासंघमा एमालेले चालिसेलाई अघि सा¥यो, दुई वटा कार्यदल निर्माण

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन २९ वैशाखमा हुने