प्रदेश प्रमुखद्वारा लुम्बिनीको निजामति ऐन प्रमाणिकरण

दाङ, २१ मङ्सिर ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश निजामति ऐन प्रमाणिकरण गर्नुभएको छ । प्रदेश निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यबस्था गर्न बनेको विद्येयक प्रमाणिकरण गर्नुभएको हो ।

उक्त विद्ययेक २२ भदौमा संसदबाट पारीत भएको थियो । तीन महिना पछि मात्रै विहीबार प्रदेश प्रमुखले उक्त विद्येयक प्रमाणिकरण गर्नुभएको हो । विद्येयक प्रमाणिकरण भएसंगै अब निजामति ऐन कार्यान्वयनमा आउनेछ ।