तुलसीपुर उवासंघमा एमालेले चालिसेलाई अघि सा¥यो, दुई वटा कार्यदल निर्माण

तुलसीपुर,१९ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघमा एमालेले रामप्रसाद चालिसेलाई अघि सारेको छ ।

एमाले तुलसीपुरको बुधबार बसेको बैठकले चालिसेलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो । उनी संघका बहालवाला अध्यक्ष पनि हुन् । यद्यपी केन्द्रको सत्ता समीकरण अनुसार गठबनधन हुने र भागबण्डा हुने भएकाले सोही अनुसार तयारी गर्न एमालेले दुई वटा कार्यदल बनाएको एमाले तुलसीपुरका सचिब रुपबहादुर खत्रीले बताए ।

सत्ता समीकरण अनुरुप उद्योग बाणिज्य संघमा पनि एमाले, माओवादी केन्द्रसहितको गठबन्धन हुने भएकाले सोही अनुसार भागबन्डा टुंग्याउनकालािग पूर्व सांसद हिराचन्द्र केसीको नेतृत्वमा राजनीतिक र ब्यबसायिक कार्यदल निर्माण गरिएको छ । राजनीतिक कार्यदलको सदस्यहरुमा तुलसीपुरका नगर प्रमुख टिकाराम खड्का, टोपबहादुर घर्ती, रामजी चौधरी, विनोद शर्मा, मेघराज भुषाल, मानबहादुर रावत,माधव वली र पदम नेपाली छन् ।


त्यस्तै ब्यबसायिक कार्यदलको सदस्यहरुमा रामप्रसाद चालिसे,नारायण खनाल,मिनराज वली, नरेशराज भण्डारी, रुपबहादुर खत्री,सपना भण्डारी र निमबहादुर केसी रहेका छन् ।
संघमा गठबन्धन अनुसार कुन पार्टीले नेतृत्व गरेर जाने भन्ने विषयमा टुंगो कार्यदलले लगाउनेछ ।

पार्टीका नगर अध्यक्ष माधव वलीको अध्यक्षतामा बैठक बसेको हो ।