तुलसीपुर १६ मा वडा स्तरीय तीन संगठन बिस्तार

दाङ, ३० मंसिर ।
”जनता संग माओवादी बिशेष रुपान्तरण अभियान” अन्तर्गत नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १६ काे आयोजनामा वडा स्तरीय संगठन बिस्तार सम्पन्न भएको छ ।

थारु राष्ट्रिय मुक्ति माेर्चा नेपाल, अखिल नेपाल महिला संघ, दलित मुक्ति माेर्चा नेपाल संगठन शनिबार बिस्तार गरिएको हाे । १६ नम्बर वडा इन्चार्ज कृष्ण बस्नेकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य मिलन डाँगीकाे प्रमुख अथिति तथा  अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य घनश्याम डाँगीकाे बिशिस्ट अथितिमा वडा स्तरीय संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।


राष्ट्रिय मुक्ति माेर्चाका नगर इन्चार्ज सन्दिप चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष कमल परियारले गर्नुभएको थियोे ।