कांसिपुरमा सहकारी शिक्षा तालिम

निराश पाण्डे,
शान्तिनगर, १४ जेठ ।
शान्तिनगर गाउँपालिका वडा नम्बर ५ काँसिपुर स्थित समता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम शनिवार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज शर्माको सभापतित्व एवं वडा नम्बर ५ का वडा अध्यक्ष ओपेन्द्र रावतको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कंडेल र जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण हुम लाल भुसालको विशिष्ट आतिथ्यता भएको तालिममा सामाजसेवी बिजय के सी, लेखा संयोजक कोमल के सी लगाएतले बोलेका थिए ।


तालिमको प्रशिक्षकमा कृष्ण कंडेल, हुम लाल भुसाल र यम कान्त पाण्डे रहेका थिए । उक्त तालिममा एक सय बढि महिला तथा पुरुषको सहभागीता रहेको थियो। सहकारीमा १ सय ५१ जना सेयर सदस्य रहेको जनाइएको छ।