तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु

तुलसीपुर, १३ बैशाख ।
तुलसीपुरमा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन, डिलाइट गुप्रको सहयोगमा बिहिवारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो । संघका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आत्थियमा कार्यशालाको उद्घाटन भएको हो ।

नगर प्रमुख खड्काले दाङकै सन्दर्भमा पनि निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसप्रति सबैको चासो हुन नसकेको बताए । दाङको संस्कृति, दाङको जातिय धार्मिक अवस्थाको सविकास हुन नसकेको बताए । तुलसीपुर क्षेत्रमै दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुकीकोट, देविस्थान, सरकौराकोट प्रति चलचित्र पत्रकारिताले प्रचार प्रसारमा विषेश ध्यान दिनुपर्ने नगर प्रमुखको भनाई थियो ।

त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको बताए । त्यस्तै चलचित्र विकास बोर्डका सदस्य एवं प्रबक्ता केएल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाब रहेको बताए ।


कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्धत पुग्ने बिस्वास ब्यक्त गरेका थिए । कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ती प्रियले चलचित्रलाई समृद्ध उद्योग बनाउनका लागि चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नयाँ बाटो तय गर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासघ दाङका सल्लाहकार डाक्टर सुदिप गौतम, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले बोलेका थिए ।

चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन । तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला सिनेमा सम्वाद र अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।