दाङमा आज थपिए १८ संक्रमित, सक्रिय संक्रमितको संख्या ७५

दाङ
४ भदौ / दाङमा आज १८ जना कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या ७५ पुगेको छ ।

आज घोराहीका ११ , तुलसीपुरका ४, लमहीका ३ जनामा कोरोना पुष्टि भएका जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।


साथै आजै २० जना संक्रमण मुक्त भएका छन् । घोराहीका १४ जना, तुलसीपुर र लमहीका २/२ बबई र राप्तीका १/१ जना रहेका छन् ।