‘महिलाले चलाएका सहकारी राम्रा छन्’

तुलसीपुर, २० चैत । दाङको तुलसीपुरमा ६७ औं सहकारी दिवसमा आयोजित कार्यक्रममा बक्ताहरुले महिलाहरुले चलाएका सहकारीहरु प्रभाबकारी रुपमा सञ्चालन भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका सहकारी समितिले आयोजना गरेको कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले महिलाहरुले यस्तो बताउनुभयो ।“मैले धेरै महिलाहरुले चलाएका सहकारी अनुगमन गरेँ”,उहाँले भन्नुभयो“ति सबै सहकारीहरु प्रभाबकारी रुपमा सञ्चालनमा आएका छन् ।”

महिलाहरुमा इमान्दारीता, पारदर्शिता र मेहनत भएकाले पनिराम्रोसंग चलेको उहाँको भनाई छ  । त्यस अवसरमा जिल्ला सहकारी संघका सचिब शुक्रराज भण्डारीले बाहिरी जिल्लामा दर्ता भएका सहकारीहरु भित्रिने र केही समयमा बचत ठगेर जाँदा सहकारीमा पछिल्लो समस्या देखिएको बताउनुभयो ।


उहाँका अनुसार दाङमा ५० प्रतिशत बढि सहकारी सहकारी निष्क्रिय रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका भित्रका एकसय ६८ सहकारी मध्ये ७० सहकारी मात्रै सक्रिय रहेको उहाँले बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थामा एक हजार भन्दा बढि र बचत बाहेकका सहकारीमा कम्तीमा ७ सय सदस्य हुनुपर्ने बताउनुभयो । त्यसकालागि सहकारी मर्जको अवधारणा अघि सार्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य जीवन भण्डारीले तुलसीपुरमा मात्रै १२ हजार ब्यक्ती सहकारीमा आबद्ध भएको बताउनुभयो । उहाँले सहकारीलाई सेयर सदस्यहरुले पनि रेखदेख गर्दा अहिलेको जस्तो अबस्था नआउने बताउनुभयो । सहकारी समितिका संयोजक खुसीराम चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।