छानाबाट पानी चुहियो भनेर हेर्ने क्रममा करेन्ट लाग्दा महिला घाइते

तुलसीपुर
३१ साउन / दाङमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

तुलसीपुर ८ नयाँबस्ती निवासी ५९ बर्षिया निमा केसीलाई आईतवार दिउँसो साढे ४ बजे तिर घरको टिनको छानाबाट पानी चुहिएको भन्दै हेर्ने क्रममा विद्युतको तारले छोएर करेन्ट लाग्दा घाँटी,अनुहार र दाहिने खुट्टा जलेको छ ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीर उपचार भएकी उनको अबस्था गम्भीर रहेको छ ।