
अनिल अधिकारी
दाङ, ३ जेठ ।
वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङको आयोजनामा दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को क्षत्रीय प्रथम अधिवेशनको तयारी तिब्र रुपमा अघि बढेको छ। यहि आउदो जेष्ठ १७ गते तुलसीपुरमा अधीवेसन गर्ने गरी वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङको जेठ ३ गते बसेको वैठकले तयारीलाई तिब्र वनाएको अध्यक्ष रुपलाल वस्नेतले जानकारी दिए ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको वीपी विचार राष्ट्रिय समाजले विभिन्न खाले सामाजिक कार्य गर्दे आईरहेको र नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियानमा हातेमालो गर्दै अगाडी बढीरहेको सर्वविदितै छ ।



महामानव विशेश्वरप्रसाद कोइरालाले अंगीकार गरेको मूल सिद्धान्त राष्टियता, प्रजातन्त्र र समाजवादलाई आम जनमानस समक्ष पुर्याउने उद्देश्यले आफुहरु कटिवद्ध रुपमा लागि परेको अध्यक्ष वस्नेतको भनाई छ । क्षेत्रीय प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र अधिवेशन स्थल चयनको काम वाकी रहेको समेत उनले बताए ।
यहि जेष्ठ १७ गते हुने क्षत्रीय अधिवेशनमा नेपाली कांग्रेस प्रती आस्थावान् आमनागरिकलाई चूले निम्तो गर्दै वीपी विचार राष्ट्रिय समाजका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अध्यक्ष वस्नेतले हार्दिक अनुरोध समेत गरेका छन्।
लाइभदाङ । ४ जेष्ठ २०८२, शनिबार १७:२८ बजे