झोलुंगे पुलमा फसेको गोरूको उद्धार (भिडियो)

तुलसीपुर, २९ असार । दाङको बबइ नदीको भत्किएको गोरुको उद्दार गरिएको छ ।

दंगीशरण– ४ बैबाङ गाउँ र दक्षिणको– १ नम्बर वडा रामपुर जोड्ने पुलमा शुक्रबार बेलुका साढे ७ बजेतिर फसेको गोरुको शनिबार विहान ९ बजे उद्दार गरेको हो ।

दंगीशरण गाउँपालिका– १ रामपुरका ज्योती चौधरीको गोरु खेत जोतेर शुक्रबार बेलुकी घर फकिने क्रममा पुलमा फसेको हो । उक्त पुल एक हप्ता अघि आएको बाढीले भत्काएको थियो ।


जसले गर्दा रामपुर तर्फको भाग कोल्टिएको छ । पुल केही भत्किएको भएपनि गाइगोरु त्यही पुलबाट आवतजावत गर्ने गरेका थिए । शुक्रबार साँझ नै उक्त गोरु उद्दारको पहल भएपनि सम्भव भएको थिएन ।