तुलसीपुरबाट एक जेष्ठ नागरिक हराए

तुलसीपुर, २१ पुस ।
तुलसीपुरबाट एक जेष्ठ नागरिक हराएका छन् । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.१४ नुवाकोट नाउलीका ९२ बर्षीय यामबहादुर पुन तुलसीपुर बजारबाट हराएका हुन् ।


कोहलपुरबाट बुधबार २ बजेतिर तुलसीपुर आएका उनी दिउसो थापा होटेलबाट एका एक निस्किएपछि सम्पर्कमा आएका छैनन् । उनी श्रीमतिसहित आएका थिए । श्रीमति थापालाई नै छोडेर अनी एकाएक हराएका हुन् । छोरीको घर तुलसीपुर ३ भट्टेमा पर्छ । त्यही बसेर विहान रुकुम जाने भनि आएका उनी हराएपछि परिवारले खोजी गरिदिन अनुरोध गरेको छ । भेटाउनुहुने महानुभावले ९८६६६५३९९४,९८०९७०४४२४ मा सम्पर्क अनुरोध गरिएको छ ।