
तुलसीपुर, १५ पुस ।
दाङको तुलसीपुरमा प्रथम जितेन्द्र गिरी स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता २०८२ साल पुस २८ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता तुलसीपुर–१७ मानपुरस्थित पञ्चधारा खेल मैदान मा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा खुल्ला टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५५,५५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमले २५,५५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसका साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा व्यक्तिगत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको आयोजना समस्त गिरी परिवार ले गरेको हो। खेलकुदको विकास र दिवंगत जितेन्द्र गिरीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।



लाइभदाङ । १५ पुष २०८२, मंगलवार २१:०३ बजे